ad ad

समाज


पश्चिम सिक्किममा पहिरोले दुई घर पुर्दा एकको मृत्यु, एक बेपत्ता

पश्चिम सिक्किममा पहिरोले दुई घर पुर्दा एकको मृत्यु, एक बेपत्ता

शैलेन्द्र समदर्शी
असोज १७, २०७७ शनिबार ७:३३,

पश्चिम सिक्किमको रिन्चेनपोङस्थित साफेल वार्डमा पहिरोले दुई घर पुर्दा एकजनाको मृत्यु भएको छ।

शुक्रबार राति ८ः३० बजे बजे गएको पहिरोले स्थानीयका दुई घर पुर्दा एक जनाको मृत्यु हुनेका साथै एक जना बेपत्ता र तीन जना घाइते बनेका हुन्।

बेपत्ता हुने महिला रहेको र उनको उमेर ६० वर्षभन्दा माथि रहेको पश्चिमको प्रशासनले जनाएको छ।

No description available.

 त्यस्तै  पहिराेमा परेर तीन जना घाइते बनेका छन्।  प्रशासनका अनुसार घाइते हुनेमा ३१ वर्षीय डुकनम लेप्चा, उनकी पत्नी २९ वर्षीया लाकित लेप्चा र १० वर्षीय सोमदेन लेप्चा रहेका छन्।

गाउँ माथिबाट सोहोरिएर झरेको पहिरोले दुई वटा घरलाई पुरेको थियो। पहिरोले लेप्चा परिवारका साथमा बस्तुभाव समेत पुरेको छ।

सुरुमा दुई महिला बेपत्ता बनेको भए पनि एसडीआरएफ, प्रशासन, स्थानीय पञ्चायत र गाउँलेहरू शनिबार बिहान एक महिलाको शव निकाले र बेपत्ता एक जनाको खोजी गरिरहेका छन्।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .