सुदूरपश्चिमदेखि ५ नम्बर प्रदेशको आधा भागसम्म मनसुन (धेरै वर्षा गराउने मौसमी प्रणाली) बिहीबार नै हटिसकेको भए पनि त्यसयता पूर्व अझै केही दिन रहने सम्भावना रहेकाे माैमसविद्ले बताएका छन्।
मौसमविद्का अनुसार बंगाल खाडीको मध्य–पश्चिम तथा उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालका बाँकी भूभागमा मनसुन अझै केही दिन रहने सम्भावना छ।
‘कम्तीमा अझै तीन दिन मनसुन हट्ने सम्भावना देखिएको छैन,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले शनिबार बिहान नेपालखबरसँग भने।
उनका अनुसार यसको प्रभावले अझै तीन दिन हल्का वर्षा गराउने सम्भावना छ।
अहिले बिहानचाहिँ कतै पानी परेको संकेत नदेखिएको उनले जानकारी दिए। तर दिउँसोपछि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए।
मौसमविद् प्रधानांगका अनुसार मनसुन हट्नु भनेको वर्षायाम सकिनु हो। यो हटेपपिछ वर्षै नहुने त होइन, तर लगातार र ठूलो वर्षा हुँदैन।
पश्चिमबाट प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव बढ्दै गएपछि पूर्वी वायु अर्थात् मनसुन विस्थापित हुने हो। अहिले सदूरपश्चिम, कर्णाली प्रदेशको पूरै क्षेत्र र ५ नम्बर प्रदेशको चाहिँ बीचबाट पश्चिमतर्फका भूभागबाट मनसुन हटिसकेको छ भने पश्चिमी वायुकाे प्रभाव सुरु भएकाे छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज १७ गते शनिबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज १८ गते आइतबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
असोज १९ गते सोमबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
Shares

प्रतिक्रिया