रुपन्देहीको बुटवलमा उपचाररत एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा बुटवलमा उपचाररत पाल्पा रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
उनको अस्पतालमा उपचारका क्रममा गएराति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
गौतमका अनुसार उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका थिए।
प्रतिक्रिया