लमजुङको बेसीशहर–चामे सडकस्थित मर्स्याङदी गाउँपालिका–४ च्याम्चेमा सवारी दुर्घटनामा बिहीबार चालकको घटनास्थलमै मृत्यु भएको छ।
सो सडकखण्डस्थित म्यार्दीखोलाबाट बेँसीसहर आउँदै गरेको ग१ज ६७८६ नंको जीप सो स्थानमा दुर्घटना हुँदा तनहुँ जिल्लास्थित दमौली घर भएका उक्त जीपका चालक धनबहादुर आचार्यको मृत्यु भएको जीपका धनी नेत्रबहादुर गुरुङले बताए।
सो सवारी साधनमा चालक एक्लै आउँदै गर्दा सडकबाट तल खसी मर्स्याङदी नदी छेउमै पुगेको जीपका धनी गुरुङको भनाइ छ। स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल तर्फ गएको छ। रासस

प्रतिक्रिया