समाज


मोटरसाइकल चिप्लिएर एकको मृत्यु

मोटरसाइकल चिप्लिएर एकको मृत्यु

नेपालखबर
साउन ९, २०७६ बिहिबार ९:२४,

पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ।

तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्टिँदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

खानीबाट श्रीडाँडा घरतर्फ जाने क्रममा लु४५प ७८१२ नंको मोटरसाइकल अनियन्त्रित भई कच्ची मोटरबाटोबाट चिप्लिएर करिब २० मिटर तल खसेर घाइते दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad