नेपालमा कोरोना भाइरसको संक्रमणबात थप १० जनाको निधन भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका ५ जनासहित देशभरमा थप १० जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन्।
मृत्यु हुनेमा काठमाडौँका १ महिलासहित ३, ललितपुरका २, बर्दियाका २, बारा, रुपन्देही र अछामका १÷१ जना रहेको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो।
प्रतिक्रिया