ad ad

कारोबार


राहुल चौधरी तेस्रो पटक ‘होटेलियर पावर लिस्ट’ मा

राहुल चौधरी तेस्रो पटक ‘होटेलियर पावर लिस्ट’ मा

नेपालखबर
असोज ११, २०७७ आइतबार ११:१,

सीजी हस्पिटालिटी होल्डिङसका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन्। भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो।

ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट, लीला, एकोर,  र्‍याडिसन, ताजजस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा राहुल पनि परेका हुन्।

राहुलले चौधरी ग्रुप (सीजी)को ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन्। उनी यो सूचीका सबैभन्दा कान्छा सदस्य हुन्।

Rahul Chaudhary

‘होटेलियर’ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो। राहुल सन् २०१८ र २०१९ को सूचीमा पनि थिए।

राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी हस्पिटालिटी होल्डिङ्स’को प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन्। होल्डिङ्सले भारतलगायत दर्जन मुलुकमा सेवा विस्तार गरेको छ। ‘ताज’, ‘फर्न’, ‘जिंक होटेल्स’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको साझेदारी/लगानी छ।

होल्डिङ्सले १२ मुलुकका ९४ गन्तव्यमा १३५ होटल/रिसोर्ट सञ्चालन गरिरहेको छ। यी होटल/रिसोर्टमा ८ हजारभन्दा बढी कोठा छन्। ८० वटा होटल/रिसोर्ट त भारतमा मात्रै छन्।

सीजीले कोभिड—१९ महाव्याधिबाट आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई सुरक्षित राख्न विभिन्न प्रशिक्षणसँगै अनलाइन कार्यशालाहरूमा सहभागी गराएको छ। महाव्याधिका बेला विश्वभरका आफ्ना होटल तथा रिसोर्टलाई थप सुरक्षित र विश्वसनीय बनाउन सफल भएको राहुल बताउँछन्।

Rahul Chaudhary2

‘चुनौतीहरूले अवसर र शिक्षा पनि दिन्छन्। कोभिड—१९ ले पर्यटन क्षेत्रको विषयमा पुनर्मूल्या‌ंकन गर्न अवसर दिएको छ। हाम्रो विद्यमान व्यावसायिक ढाँचाबारे पुनर्विचार गर्न प्रेरित गरेको छ। यो क्षेत्रलाई दिगो रूपमा अघि बढाउन कोभिड–१९ ले विश्वभरि नै शिक्षा दिएको छ,’ राहुल भन्छन्, ‘त्यहीबमोजिम शहरी क्षेत्रमा सञ्चालित हाम्रा होटलबाट खाद्य तथा पेय डेलिभरी गर्नुका साथै रिसोर्टहरूमा कोभिड–१९ परीक्षण सुविधा सञ्चालन गर्ने उद्देश्य राखेका छौं। गुणस्तर, सुरक्षा र विश्वसनीयता हाम्रा मूल मन्त्र हुन्। यिनै मन्त्रका आधारमा सीजी हस्पिटालिटीले आगामी ३ वर्षसम्मका लागि कार्ययोजना बनाएको छ—अहिलेको अवस्थामा जोगिने, त्यसपछि तंग्रिने र अन्ततः दौडिने।’

महाव्याधिका बेला यो क्षेत्रलाई जोगाउन र दिगो रूपमा सञ्चालन गर्न सीजी हस्पिटालिटीले बृहत्तर योजना शुरु गरिसकेको राहुल बताउँछन्। अहिलेको अवस्थाले उपभोक्तालाई शारीरिक आराम, फुर्सदिला गतिविधि र रोचक यात्रामा डोर्‍याउने सम्भावना अधिक भएकाले आफूहरूको ध्यान त्यता केन्द्रित भएको उनले सुनाए ।

नेपालमा मेघौली सेराईजस्तो विश्वस्तरीय रिसोर्टसँगै भिभान्ता, समिट, फर्नलगायत सञ्चालन गरिरहेको सीजी हस्पिटालिटी होल्डिङ्सले निकट भष्यिमा काठमाडौंसँगै पोखरा र लुम्बिनीमा थप होटल स्थापना गर्दै ललितपुरको होटल समिटलाई विस्तार गर्ने योजना छ ।

दुई दशकअघि टाटा ग्रुप/आईएचसीएलसँग कोलम्बो (श्रीलंका) र माल्दिभ्समा साझेदारी गरेसँगै चौधरी ग्रुप हस्पिटालिटी क्षेत्रमा विधिवत् रूपले अघि बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .