समाज


थप १२ सय ७ संक्रमित थपिए, ११ सय ४७ निको भए

थप १२ सय ७ संक्रमित थपिए, ११ सय ४७ निको भए

नेपालखबर
असोज १०, २०७७ शनिबार १०:३८,

 नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेका संख्या ५३ हजार १५ पुगेको छ।

त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौँका २, ललितपुर, भक्तपुर, मकवानपुर, सप्तरी, रुपन्देही र कैलालीका १÷१ जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad