समाज


सार्कसँग नडराई गर्भवती महिला समुद्रमा हाम फालिन्, घाइते श्रीमानको उद्धार गरिन्

सार्कसँग नडराई गर्भवती महिला समुद्रमा हाम फालिन्, घाइते श्रीमानको उद्धार गरिन्

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ११:३५,

बीबीसीका अनुसार सार्कले आक्रमण गरेर घाइते बनाएको श्रीमान बचाउन मार्गो ड्युक्स–एडी समुन्द्रमा हाम फालेकी हुन्।

अन्ततः उनी घाइते श्रीमान एन्ड्रु चाल्र्स एडीको ज्यान जोगाउन सफल भइन्।

प्रहरीका अनुसार ३० वर्षका एन्ड्रु समुद्रमा स्नोर्कलिङ गरिरहेका थिए। सोही क्रममा उनलाई सार्कले टोकेको थियो।

जब श्रीमती मार्गो ड्यूक्सले सार्कको पखेटा र पानीमा रगत देखिन् त्यसपछि उनी केही नसोची समुद्रमा हाम फालेकी थिइन्।

समुद्रमा गएर मार्गोले घाइते श्रीमानलाई तटमा पुर्याएपछि आपतकाली सहयोगका लागि फोन गरेकी थिइन्।

त्यसपछि हवाई उद्धार गरी एन्ड्रुलाई मायामीस्थित ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उनको काँधमा रहेका गम्भीर चोटको उपचार गरिएको जनाइएको छ।

प्रत्यक्षदर्शीहरूले केही समयअघि त्यहाँ करिब १० फिट लामो सार्क पौडिरहेको आफूहरूले देखेको बताएका छन्।

फ्लोरिडा विश्वमै सबैभन्दा बढी सार्कको आक्रमण हुने स्थानमा पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad