कारोबार


चाडपर्व नजिकिएसँगै उपत्यकामा बजार अनुगमन बढाउन १० टोली परिचालन

चाडपर्व नजिकिएसँगै उपत्यकामा बजार अनुगमन बढाउन १० टोली परिचालन

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ११:३५,

सरकारले दशैँ लगायतका चाड पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो। साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ। विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने छन्।

चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन करिब ४ साता बाँकी छँदै विभागले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो।

विभागले सबै अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिइएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए। खासगरी काठमाडौंको कलंकी, बालाजु, बूढानीलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललिपपुरमा समेत क्षेत्र तोकेर टोली परिचालन गरिएको प्रवक्ता आचार्यले बताए।

त्यस्तै विषयत विभागहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिती बढाउन निर्देशन दिएको उनले बताए। यस्तै, सबै प्रदेश र स्थानीय तहलाई पनि आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिन अनुरोध गरेको बताए।

बजार अनुगमन व्यवसायीहरुलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले सुरु नभएको पनि प्रवक्ता रिजालले स्पष्ट पारे। बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने उनले बताए।

विभागले चार्डपर्व तथा कोरोना संक्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा असोज १३, १४ र १५ गते र त्यपछि क्रमशः सबै प्रदेशहरुमा बजार निरीक्षण अधिकृतहरुलाई प्रशिक्षण दिन लागेको पनि प्रवक्ता आचार्यले बताए। साथै अनुगमनको क्रममा सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालन गरीने समेत उनले बताए।

याे पनि : सरकारको आक्रामक दशैँ अनुगमन योजना : व्यापारीले तलमाथि गरे तत्काल नियन्त्रण र थुना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad