ad ad

समाज


कोरोना संक्रमणबाट बुटवलमा दुई र डडेल्धुरामा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा दुई र डडेल्धुरामा एक जनाको मृत्यु

प्रकाश न्यौपाने, गोकुल जोशी
असोज ८, २०७७ बिहिबार ४:४६,


कोरोना संक्रमणबाट प्रदेश ५ मा दुई र सुदुरपश्चिम प्रदेशमा एक गरी थप तीन जनाको मृत्यु भएको छ।

प्रदेश ५ मा मृत्यु हुनेमा लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा भेन्टिलेटरमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमित रहेका छन्। अस्पतालका अनुसार मृतक नवलपरासी पश्चिम र कपिलवस्तुका हुन्।

नवलपरासीको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको आज (बिहीबार) बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी गत भदौ २७ गते अस्पताल भर्ना भएका थिए। ती पुरुष मिर्गौला र कलेजोको दीर्घ रोगी भएको अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।

यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको पनि आज बिहान ७ बजे मृत्यु भएको थापाले बताए। मधुमेह र मिर्गौलाको दीर्घ रोगी रहेका उनी असोज १ गते अस्पताल भर्ना भएका थिए।

यी दुवैजना पुरुषको स्वास्थ्यमा थप समस्या भएपछि सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

त्यस्तै सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।

केही दिन अगाडि भारतबाट आएका उनीमा श्वासप्रश्वासको समस्या आएपछि बुधबार साँझ डडेल्धुरा अस्पताल पु¥याइएको थियो। ‘श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आउनु भएको थियो। कोभिड उपचार कक्षमा राखेर उपचार भइरहेको थियो। तर, बचाउन सकिएन’, सूचना अधिकारी पन्तले नेपालखबरसँग भने, ‘उपचारकै क्रममा भर्ना गरेको १०÷१५ मिनेटमै मृत्यु भयो।’

मृतक पुरुषमा भारतमै कोरोना पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ फोकल पर्सन हरिप्रसाद भट्टले जानकारी दिए।

अहिले उनको शव व्यवस्थापनको तयारी भइरहेको छ। योसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .