ad ad

समाज


‘अल्ला हु अकबर’ भन्दै बम पड्काउने धम्की दिइएपछि आइफिल टावर खाली गरियो

‘अल्ला हु अकबर’ भन्दै बम पड्काउने धम्की दिइएपछि आइफिल टावर खाली गरियो

नेपालखबर
असोज ७, २०७७ बुधबार ११:२९,

एक व्यक्तिले ‘अल्ला हु अकबर’ भन्दै बम पठ्काउने धम्की दिएपछि बुधबार आइफिल टावर खाली गरिएको बेलायत संचारमाध्यम मिररले जनाएको छ।

आइफिल टावर खाली गरिएसँगै प्रहरीले लामो क्षेत्रमा घेराबन्दी गरेका छन्। प्रहरीले नजिकैका क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा जान भनेको छ।

अधिकारीहरुका अनुसार एक अपरिचित व्यक्तिले प्रहरीलाई फोन गरेर आफूले आइफिल टावर क्षेत्रमा बम राखेको बताएको थियो। फोनमा नै ती अपरिचितले ‘अल्लाहु अकबर’ शब्द प्रयोग गरेका थिए।

आइफिल टावर क्षेत्र पर्यटकीय गन्तव्य हो। यहाँ दैनिक दशौं हजार मानिस भ्रमण गर्न आउँछन्। बम पड्किँदा सयौं मानिसले ज्यान गुमाउने भएकाले प्रहरीले यस क्षेत्रलाई तत्काल खाली गराएको जनाएको छ।

तीन महिनाको लकडाउनपछि गत जुन महिनाबाट आइफिल टावर पर्यटकको लागि खुलाइएको थियो।

हाल प्रहरीले आइफिल टावर वरपर बमको खोजी गरिरहेको छ। साथै ती संदिग्ध व्यक्तिको पनि खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .