१४ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरी रहेका छन्।
राहुलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया