ad ad

समाज


डा. केसी ट्रमा सेन्टरबाट डिस्चार्ज हुँदै

डा. केसी ट्रमा सेन्टरबाट डिस्चार्ज हुँदै

नेपालखबर
असोज ६, २०७७ मंगलबार १२:०,

नेपालगन्जबाट काठमाडौं उत्रिने बित्तिकै प्रहरीद्वारा जवर्जस्ती राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएका डा. गोबिन्द केसी केही बेरमा डिस्चार्ज हुने भएका छन्।

डा. केसी अहिले साँझ सवा ६ बजे डिर्चाज हुने उनका सहयोगी प्रितम सुवेदीले बताए।

‘डा केसी अहिले सवा ६ बजे स्वेच्छाले डिस्चार्ज हुँदै हुनुहुन्छ’ केसीको अनसनमा सहयोग गर्दै आएका सुवेदीले भने।

dr_kc.jpg

आमरण अनसनमा रहेका केसीलाई बुद्ध एयरको नियमित उडानबाट काठमाडौं आउनासाथ एम्बुलेन्समा हालेर ट्राम सेन्टर पुर्‍याइएको थियो। केसी टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना हुन चाहेका थिए।

जुम्लामा अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि प्रशासनले कर्णाली विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेको थियो। त्यसपछि नेपालगन्ज आएका उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो।

याे पनि: डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .