समाज


रुस र चीनले संयुक्त हवाई गस्ती गरेपछि जापान र कोरिया रुष्ट

रुस र चीनले संयुक्त हवाई गस्ती गरेपछि जापान र कोरिया रुष्ट

नेपालखबर
साउन ८, २०७६ बुधबार ८:२५,

रुसी रक्षा मन्त्रालयले लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा गस्ती गरेको जनाएको छ। उक्त गस्ती पूर्व योजना अनुरूप तोकिएको हवाई मार्गमा गरिएको उसको भनाइ छ।

यद्यपी जापान र दक्षिण कोरियाले रुसको उक्त कार्यको विरोध गरेको छ। दक्षिण कोरियाले आफ्नो क्षेत्रमा रुसी विमानहरु प्रवेश गरेर हवाई क्षेत्र नियमको उल्लंघन गरेको दक्षिण कोरियाको भनाइ छ।

त्यसको प्रतिक्रियामा दक्षिण कोरिया र जापानले पनि आफ्ना जेटहरू पठाएको जनाएका छन्। दक्षिण कोरियाले रुसी विमानहरू प्रवेश गरेको देखेपछि आफ्ना सेनाले मेसिन गनबाट गोली चलाएको र आगोको लप्काले आक्रमण गरेर चेतावनी दिएको बताएको छ।

उक्त घटनालाई लिएर जापान र कोरिया दुवैले रुसको विरोध गरेको छ। जापानले कोरियाको पनि विरोध गरेको छ। किनभने त्यो घटना दक्षिण कोरियाद्वारा कब्जा गरिएको तर जापानले पनि दाबी गरिरहेको एउटा टापुमाथि भएको हो।

हालैका वर्षहरूमा कहिलेकाहीँ उक्त क्षेत्रमा रुसी र चिनियाँ लडाकु र बमवर्षक विमानहरू प्रवेश गर्ने गरेका छन्। तर रुस र चीनले यस्तो खाले गतिविधि गरेको चाहिँ पहिलो पटक हो। कोरियाले रुसले दुईपटक आफ्नो हवाई नियन्त्रित क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ।

रुसले सुरुवातमा दक्षिण कोरियाको आरोपलाई अस्वीकार गरेता पनि यतिबेला उसले आफूले हवाई नियन्त्रित क्षेत्र तोडेको स्वीकार गरेको छ। यद्यपी आफूले जानाजान भने त्यस कार्य नगरेको बताएको छ। सुरुवातमा रुसले तटस्थ क्षेत्रमा गस्तीको अभ्यास गरेको बताएको थियो।

बुधबार रुसले त्यस कार्यमा माफी मागेको दक्षिण कोरियाले जनाएको छ। बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad