नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा काठमाडौंमा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ।
महासंघका अनुसार नेपाल फोटो पत्रकार क्लवका सदस्य चन्द्रबहादुर आले र अनलाइन खबरडटकमका पत्रकार रोयल आचार्यलाई समाचार संकलनका क्रममा प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेको थयो।
संविधान दिवसको सन्दर्भमा आज दिउँसो एक अधिवक्तासँग नयाँ बानेश्वरमा रिपोर्टिङ गर्ने क्रममा प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले पत्रकारद्वयलाई दुर्व्यवहार गर्दै प्रक्राउको प्रयास गरेको हो।
‘स्वतन्त्र रूपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ महासंघले विज्ञप्ति निकालेर भनेको छ, ‘महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ। र, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’
Shares

प्रतिक्रिया