कारोबार


मल आयातमा समस्या कोरोनाले नभइ ठेकेदारको बदमासीले : मन्त्री भुसाल

मल आयातमा समस्या कोरोनाले नभइ ठेकेदारको बदमासीले : मन्त्री भुसाल

नेपालखबर
असोज २, २०७७ शुक्रबार १२:३६,

कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन्।

साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताए।

विगतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरुका कारण समस्या उत्पन्न भएको उनले बताए।

उनले भने, ‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो। त्यसमा सम्झौता गर्न आएनन्। सम्झौता गरेपछि एलसी गर्न आएनन्। एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्‍याे। सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ। असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आएर वितरण गर्नुपर्ने थियो। साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ। त्यसैले कोरोनाका कारण समस्या भएको होइन।’

मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेति भएकाले मलको माग पनि बढी भएको बताए। कोरोनाले गर्दा श्रमशक्ति गाउँमा भएपछि खेति पनि बढेको उनले बताए। विगतमा किसानहरुले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफैँ ल्याउने गरेपनि यो वर्ष लक डाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाई थियो।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ। कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो। दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६।०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्रअनुसार २५-२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad