रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआईएफ र भारतको डक्टर रेड्डीज ल्याबोरेटोरीबीच रुसी खोप भारतमा ल्याउने सहमति भएको बताइएको छ।
यदी अब भारत सरकारले रुसबाट खोप ल्याउन स्वीकृति प्रदान गरेको अवस्थामा रुसबाट रेड्डीज ल्याबोरेटोरीजले १० करोड डोज स्मुतनिक–भी भ्याक्सिन भारत ल्याउन पाउनेछ।
यति मात्र नभएर भारतले पाँच ठूलो औषधि निर्माता कम्पनीसँग पनि खोपको विषयमा कुराकानी गरिरहेको छ।
ती कम्पनीले उत्पादन गरेका खोप भारतका लागि मात्र नभएर विश्वभरका लागि भएको बताइएको छ।
रुसमा बनेको उक्त खोप स्पुतनिक भीको प्रयोगका लागि रुस सरकारले अनुमति दिइसहकेको छ। यद्यपी यस खोपको अन्तिम परीक्षण भने हुन बाँकी छ।
अन्तिम परीक्षणमा ४५ हजार मानिसहरु सहभागी हुने आरडीआईएफले जनाएको छ। यो खोप रुससँगै, साउदी अरब, यूएई, ब्राजिल र भारतजस्ता देशका स्वयंसेवकमा परीक्षण हुनेछ। एजेन्सी
Shares
प्रतिक्रिया