कारोबार


लकडाउन र निषेधाज्ञाको कारण नवीकरण नभएका सवारीधनीले जरिवाना तिर्नु नपर्ने

लकडाउन र निषेधाज्ञाको कारण नवीकरण नभएका सवारीधनीले जरिवाना तिर्नु नपर्ने

नेपालखबर
असोज १, २०७७ बिहिबार ७:५४,

वाग्मती प्रदेशले लकडाउन र निषेधाज्ञाको कारण नवीकरण नभएकाले जरिवाना तिर्नु नपर्ने बताएको छ।

वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले निषेधाज्ञा खुलेको निश्चित दिनभित्र आफ्नो काम सकाए जरिवाना तिर्नु नपर्ने बताएको हो।

यातायात व्यवस्था कार्यालयले प्रदूषणको राजस्व दस्तुर तिर्दा म्याद नाघेकाले जरिवाना तिर्नुपर्ने सूचना जारी गरेको थियो। सवारीसाधनधनीले लकडाउन र निषेधाज्ञाको समयको जरिवाना तिर्नुपर्ने भन्दै विरोध गरेका थिए।

कार्यालयले जारी गरेको सूचनाअनुसार म्याद नाघेको १ हप्तासम्म ३५ रुपैयाँ, १ महिनासम्म १ सय ५ रुपैयाँ र १ महिनापछि हजारदेखि दुई हजारसम्म जरिवाना लाग्ने उल्लेख गरेको छ।

‘लकडाउन र निषेधाज्ञाको जरिवाना तिर्नुपर्दैन’, वाग्मती प्रदेश पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन कुमार सिंहले भने, ‘लकडाउनअघि म्याद सकिएका सवारीधनीले जरिवाना तिर्नुपर्छ।’

उनले पहिलो लकडाउनको समयमा जरिवाना नलाग्ने निर्णय संघीय सरकारले गरेको भन्दै पछिल्लो निषेधाज्ञाको समयमा पनि जरिवाना नलिने फाइल अर्थ मन्त्रालय पठाएको जानकारी दिए।

सवारीधनीले कोभिडको अवस्थाको कारण एकैपटक कार्यलयमा भीडभाड हुने भन्दै १ महिनाको समय दिएर राजस्व तिर्ने व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad