समाज


उपत्यकामा आजदेखि यी ५ कुराबाहेक सबै गतिविधि खुला, ‘तर हिजोभन्दा १० गुना बढी सतर्क हुनुस्’

उपत्यकामा आजदेखि यी ५ कुराबाहेक सबै गतिविधि खुला, ‘तर हिजोभन्दा १० गुना बढी सतर्क हुनुस्’

नेपालखबर
असोज १, २०७७ बिहिबार २:३७,

काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि निषेध अझ खुकुलो बनाइएको छ।

उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले एकसाथ आदेश जारी गरी असोज १ देखि ५ बुँदामा उल्लेख (विज्ञप्ति अन्तिममा राखिएकाे छ) बाहेक अन्य सबै गतिविधि खुला गरेका हुन्।

तर यसको अर्थ कोरोना भाइरसको जोखिम कम भएको भनेर पटक्कै नबुझ्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले सुझाव दिएका छन्।

जनजीविकाका लागि सहज होस् भनेर आजदेखि प्रतिबन्ध केही खुकुलो मात्र बनाइएको उल्लेख गर्दै सीडीओ दाहालले बिहीबार बिहान नेपालखबरसँग भने, ‘वरिपरि भाइरस छन्, हिजोभन्दा १० गुना बढी सतर्कता अपनाउन जरुरी छ।’

उनका अनुसार सरकारले नागरिकलाई प्रमुख दुइटा कुरा भनेको छ–

१.   ६ महिनामा जे सिक्यौं- कोरोना भाइरस कस्तो हो, कसरी सर्छ, यसको रोकथाम/नियन्त्रण गर्न के गर्नुपर्छ? यी कुरा जीवनशैलीमा उताराैँ। 

२.   भाइरस वरिपरि छन्, आँगनमा, पसलमा, सिँढीमा, लुगामा सबै ठाउँमा भाइरस छन्। त्यसकारण हिजो जति सतर्कता अपनाएका थियौं, आज त्यसभन्दा १० गुना बढी सतर्कता अपनाऔं।

यसरी अति सतर्क भएर आफ्ना व्यापार/व्यवसाय एवं पेसा सञ्चालन गर्न भनिएको भनेर बुझ्न प्रमुख जिल्ला अधिकारी दाहालको आग्रह छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि केही प्रतिबन्धबाहेक आजदेखि उपत्यकाका तीनै जिल्लामा पसल/व्यवसाय खुला गरिएको जानकारी दिए। तर कोरोनाबाट बच्न भने सतर्कता अपनाउन जरुरी रहेकाे उनले बताए। 

उपत्यकामा यी पाँच कुरा भने निषेध छन् :  (ललितपुर र भक्तपुर जिल्ला प्रशासनका आदेश पनि उस्तै छन्)

ktmbiiiiiii

ktm22222

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad