समाज


सबै प्रदेशमा वर्षा जारी, होसियारी अपनाउन २४ घण्टे चेतावनी

सबै प्रदेशमा वर्षा जारी, होसियारी अपनाउन २४ घण्टे चेतावनी

नेपालखबर
असोज १, २०७७ बिहिबार १:२६,

अहिले (बिहीबार बिहान) देशका सबै प्रदेशका थोरै थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार कुनै स्थानमा रातिदेखि तथा कुनै ठाउँमा बिहानदेखि पानी परिरहेको हो।

‘अहिले तत्काल भारी वर्षा भने कतै देखिएको छैन,’ बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘तर भारी वर्षाको सम्भावना पनि छ।’

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज  दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समते सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक- दुई स्थानमा भने भारी वर्षाको समते सम्भावना छ।

मौसमविद् कँडेलका अनुसार ‘दिउँसो’ भन्नाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म (दिनभर) लाई बुझाउँछ भने ‘राति’ भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म जनाउँछ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश ,प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad