समाज


ट्रम्प भन्छन्ः मैले कोरोना भाइरसलाई कहिल्यै कम ठानिन

ट्रम्प भन्छन्ः मैले कोरोना भाइरसलाई कहिल्यै कम ठानिन

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ९:४,

पत्रकार बब वुडवार्डको पुस्तकमा ट्रम्पले कोरोना भाइरसको खतरालाई नजरअन्दाज गरेको आरोप लगाइएको छ।

ट्रम्पलाई कोरोना भाइरसको खतराबरे पहिल्यै थाहा भएपनि उनले मानिसहरु नडराउन् भनेर कोरोनाको खतराबारे नबताएको पुस्तकमा उल्लेख गरिएको छ।

वुडवार्डका अनुसार उनको पुस्तक ‘रेज’ ट्रम्पसँग गरिएका अन्तर्वार्तामा आधारित छन्।

ट्रम्पले उक्त विषयमा प्रतिक्रिया जनाउँदै आफूले कोरोना भाइरसको खतराबारे कहिल्यै नलुकाएको र कोरोनाको खतरालाई नजरअन्दाज नगरेको बताएका छन्।

ट्रम्पले यसअघि कोरोना भाइरसलाई सामान्य फ्लुमात्र भएको बताउँदै आएका थिए। उनले मास्क समेत लगाउन मानेका थिएनन्।

आफूले कोरोना भाइरसलाई कहिल्यै कम नठानेको बताउँदै ट्रम्पले कोरोनाको खतरा सुरु हुनेबित्तिकै आफूले चीन र युरोपका पर्यटकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको बताए।

उनले आफ्नो यस कार्यले अमेरिकामा धेरै मानिसको ज्यान जोगिएको ट्रम्पको दाबी छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .