विलियमको हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ। विल गेट्सको पारिवारिक स्रोतले सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनी अल्जाइमरको विरामी थिए। विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो।
पिताको निधनपछि बिल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताएका छन्। पिताकै प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको बिल गेट्सले बताए।
बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा पिता विलियमकोको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन्।
विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए। उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट सेवानिवृत्त भएका थिए। रासस/एएनआई
3
Shares
प्रतिक्रिया