भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ।
बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गरेका छन्। ‘बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ,’ उनले नेपालखबरसँग भने।
भूकम्पको धक्काले काठमाडौं उपत्यकालाई जोडले हल्लाएको छ। भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्। भूकम्पछि मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए।

प्रतिक्रिया