समाज


जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलित

जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलित

शैलेन्द्र महतो
भदौ २९, २०७७ सोमबार ४:१,

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कर्मचारी आन्दोलित भएका छन्।

पटक–पटक गरेको सम्झौता कार्यान्वयन नगेको भन्दै चिकित्सक, स्वास्थ्यकर्मीलगायत कर्मचारीहरुले स्वास्थ्य सेवाबाहेक सम्पूर्ण कामकाज ठप्प पारेका हुन्।

यही भदौ २६ गतेबाट कलेजका प्रशासनिक, शैक्षिक र लेखा शाखाको कामकाज ठप्प गरी आन्दोलनमा उत्रेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले बताए।

विगतमा अस्पताल व्यवस्थापन पक्ष र कर्मचारीबीच चारपटक भएको सम्झौता कार्यान्वयन नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संयोजक यादवको भनाइ छ।

२०७५ फागुन १४ गते अस्पताल व्यवस्थापन र कर्मचारीबीच हरहिसाब पारदर्शी सञ्जयकोष, दशैं पेश्की र मासिक तलब नियमित भुक्तानी गर्ने सम्झौता भएको थियो। जसमा अस्पताल सञ्चालक ओपी पाण्डेले हस्ताक्षर गरेका थिए।

चार महिना बिदासमेत सम्झौता कार्यान्वयन नभएपछि २०७६ जेठ ८ गते पुनः दुबै पक्षबीच छलफल हुँदा सञ्चालक पाण्डे विगतका सम्झौता कार्यान्वयन गर्न पुनः सहमति गरेका थिए।

दुई वर्षयता दुईपटक गरेको सम्झौत र दुईपटक गरेका प्रतिवद्धता पूरा नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेको कर्मचारीहरु बताउँछन्।

‘अस्पतालले पटक पटक सम्झौत गरी दुई वर्षदेखि कार्यान्वयन नगरी हामीलाई ठग्दै आएको छ। पाँच वर्षयताको दशैं पेश्की दिएको छैन। ६ वर्षको सञ्चयकोषको हरहिसाब दिन मान्दैन। हालको ५ महिनाको तलब बाँकी छ’, संयोजक यादवले भने, ‘कोरोना महामारीजस्तो विषम् परिस्थितमा कर्मचारीहरु जोखिम उठाएर काम गर्दासमेत घर भाडा तिर्न सकेका छैनन्। घरखर्च र परिवार संचालनमा समस्या भएको छ। हामी कसरी बाँच्ने? हाम्रो समस्यामा व्यवस्थापन पक्षलाई कुनै मतलब छैन।’

अस्पताल व्यस्थापन पक्षले गरेको सम्झौता कार्यान्वयन र समयमा तलब नपाएपछि कर्मचारीहरु पीडामा छन्। आफ्नै पीडा र समस्या समाधानका लागि सम्बन्धित निकायमा पुगेक कर्मचारीलाई उल्टै प्रहरी प्रशासनले धम्की दिने गरेको संघर्ष समितिका सह–संयोजक कुल्दिप साहले बताए।

कर्मचारी आफ्नो समस्याको विषयमा प्रशासनमा जानकारी गराउँदा उल्टै ताला खोल्नुस् नत्र हामी फुटाउँछौ भन्ने धम्की दिने गरेको उनको भनाइ छ।

यता अस्पताल सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद पाण्डेले विगतमा भएको सम्झौता चाँडै कार्यान्वयन गर्ने बताए। ‘कोभिडको कारण विद्यार्थीबाट शुल्क उठाउन नसकेकोले कर्मचारीलाई केही महिनाको तलब दिन सकेका छैनौं। यो अस्पताल भित्रको आपसी कुरा हो’, पाण्डेले नेपालखबरसँग भने, ‘पठन–पाठन सुरु भएपछि हामी विद्यार्थीबाट शुल्क उठाएर कर्मचारीको बिगत हरहिसाब तिरिदिन्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad