चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाकाे मृत्यु भएको छ।
अस्पतालका अनुसार नवलपरासीको गैंडाकोट नगरपालिका-९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी यही भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
त्यसपछि कोभिड सघन उपचार कक्षमा राखिएकी उनको उपचारका क्रममा आइतबार राति ११:३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।
हालसम्म जिल्लाका अस्पतालमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ। दुई वृद्धाको घरमै मृत्यु भएको थियो।
चितवनका १७, मकवानपुरका ५, नवलपरासी सुस्तापूर्वका ४, बारा, गोरखा र कैलालीका एक/एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। रासस
याे पनि : गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८, प्रहरी, स्वास्थ्यकर्मीसहित थप १९ मा संक्रमण पुष्टि
हिजाे दिउँसाेसम्मकाे विवरण यहाँ : आज ४५ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?
प्रतिक्रिया