ad ad

समाज


राशिफल ८ जेठ : मकर र सिंह परीक्षामा पास, तुलालाई सहकर्मीबाट विरोध, तपाईँको कस्तो?

राशिफल ८ जेठ :  मकर र सिंह परीक्षामा पास, तुलालाई सहकर्मीबाट विरोध, तपाईँको कस्तो?

पण्डित नारायणप्रसाद दुलाल
जेठ ८, २०८१ मंगलबार ४:३९, काठमाडौँ

आज मङ्‌गलबार, ८ जेठ २०८१ (२१ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : समाजसेवामा मन लाग्नेछ। सहयोगी हात अघि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। सेयर बजारले साथ दिनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : मन खिन्न हुने स्थिति आउनेछ। हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। घर व्यवहारको समस्याले सताउन सक्छ। सेयर बजारको कारोबारमा लाभ मिल्नेछ। तर स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कर्कट : कार्य सम्पादनमा सहजता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। आफन्तबाट साथ र हौसला मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५२, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह : छोटो दूरीको लाभदायक यात्रा रहला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : विद्या र बुद्धिको विकास हुनेछ। धार्मिक, संस्कृति तथा रीतिरिवाजमा सहभागिता हुनेछ। प्रेम जीवन सफल नै रहनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। झुट नबोल्ने।

तुला : शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। सहकर्मीबाट विरोध आउला। साँझमा घरमा अतिथिको आगमन हुनेछ र सल्लाह पाइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृश्चिक : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। साथीभाइसँग समय बित्नेछ। लगानीका लागि नयाँ योजना बन्नेछ। तर, आहारविहारमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। जोस, जाँगर र उमंग बढ्ला।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मकर : नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। कुनै कुराले अनुहारमा चमक आउनेछ।

भाग्यशाली रङ पिंक र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

कुम्भ : नाक तथा घाँटीमा समस्या आउला। मनमा दुबिधा उत्पन्न हुनेछ। पारिवारिक समस्या आइपर्ला। घर व्यवहारमा झमेला आउन सक्छ।  गर्न खोजेका कार्यमा बाधा आउन सक्छ। विचार गरेर निर्णय लिनु उचित हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४३ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। खैरो रङको प्रयोग नगर्ने।

मीन : मन अध्यात्मतर्फ आकर्षित बन्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। सद्‌विचारले अभिप्रेरित हुनेलाई बिस्तारै लाभ हुनेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .