ad ad

समाज


सशस्त्र प्रहरीबाट इतिहासमै पहिलोपटक सगरमाथा आरोहण

सशस्त्र प्रहरीबाट इतिहासमै पहिलोपटक सगरमाथा आरोहण

सगरमाथाको चुचुरोमा सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल। तस्बिर : रासस


नेपालखबर
जेठ ८, २०८१ मंगलबार १९:३, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। 

एपीएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०:२० बजे सगरमाथा आरोहण गर्न सफल भएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

इलाइट एक्सपेड नेपाल एपिएफ एभरेस्ट एक्सपिडिसन नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रालिमार्फत निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए।

उनले यसबीच सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरे। 

एपीएफले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिति जनाउँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको सङ्गठनले जनाएको छ।

हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एपीएफले पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिसकेको छ।

यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएअनुरूप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्ने जनाइएको छ। 

सगरमाथा सीमा क्षेत्रसमेत रहेकाले नेपालको होचो भूभाग झापा जिल्लाको केचनाकवलदेखि सीमाको अधिकतम उचाइसम्म सशस्त्र प्रहरी बलको उपस्थितिको रुपमा समेत सङ्गठनले लिएको छ। 

निरीक्षक पौडेलले उत्तरी सिमानामा पर्ने सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सीमाना नजिक पर्ने झापाको ५८ मिटर उचाइमा रहेको केचनाकवलमा बिओपी केचनाबाट सशस्त्र प्रहरी निरीक्षक केशव मैनाली कमान्डको टोली पुगेको थियो।

सबैभन्दा अग्लो र होचो भूभागमा सशस्त्र प्रहरीका अधिकृत तथा गस्ती टोली एकैसाथ पुगेको बलका प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता थापाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .