सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा पहिरोको जोखिममा परेका परिवारलाई सुरक्षित ठाउँमा सार्ने तयारी भएको छ।
नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनका अनुसार विभिन्न ठाउँका ८० परिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको हो।
भिरखर्कका ५७ र नागपुच्चेका १० सहित झण्डै ८० परिवारलाई सार्ने तयारी गरिएको उनले जानकारी दिइन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले जोखिममा रहेकालाई राख्न टेन्ट तयार गरिरहेका छन्।
‘भीमखर्कको पहिरोभन्दा एक किलोमिटर टाढा उनीहरुलाई बासको व्यवस्था गर्न लागिएको छ, यहाँ अलि सुरक्षित हुन्छ भनेर सार्न लागेका हौं’, उपमेयर पाख्रिनले भनिन्, ‘सिन्धुपाल्चोकको कहाँ सुरक्षित कहाँ असुरक्षित केही भन्न सक्ने अवस्थै रहेन।’
पहिरोमा परी हालसम्म ११ जनाको ज्यान गइसकेको छ। अझै २० जना हराइरहेका छन्। उनीहरुको खोजि भइरहेको छ।

प्रतिक्रिया