ad ad

समाज


कुस्ती खेलाडीलाई इरानमा दिइयो फाँसी, अमेरिकाले भन्योः क्रुर सरकार

कुस्ती खेलाडीलाई इरानमा दिइयो फाँसी, अमेरिकाले भन्योः क्रुर सरकार

नेपालखबर
भदौ २८, २०७७ आइतबार ६:४९,

२७ वर्षका कुस्ती खेलाडी नविद अफकारीलाई सन् २०१८ को घटनामा दोषी करार गर्दै मृत्युदण्ड दिइएको जनाइएको छ।

सन् २०१८ मा सरकारविरुद्धको प्रदर्शनका क्रममा एक सुरक्षाकर्मीको हत्या भएको थियो। सो हत्या नविदले गरेको इरानी अधिकारीहरुको भनाइ छ।

यद्यपी नविदले भने आफूमाथि जबर्जस्ती हत्या आरोप स्वीकार गर्न लगाइएको बताउँदै आएका थिए।

मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले नविदलाई फाँसी दिएर अन्याय गरेको बताएको छ।

यस संस्थासँग नविदको एक रेकर्डिङ भएको बताइएको छ। जहाँ उनले भनेका छन्,‘यदी मलाई फाँसी दिइयो भने म तपाइँहरुलाई यो भन्न चाहन्छु कि एक निर्दोष व्यक्तिलाई फाँसी दिइएको छ।’

इरानको सरकारी संचारमाध्यमले नविदलाई मृत्युदण्ड दिइएको पुष्टि गरिसकेको छ। नविदका वकिलका अनुसार मृत्युदण्ड दिन अगाडि परिवारलाई नविद भेट्न दिइएन।

वर्ल्ड प्लेयर एसोसिएसनका ८५ हजार खेलाडीले यस सजायविरुद्ध आवज उठाएका थिए। एसोसिएनसले नविदलाई फाँसी दिइए इरानलाई खेलकुदको दुनियाँबाट बाहिर निकाल्ने पनि चेतावनी दिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नविदलाई माफी दिन भनेका थिए। उनले ती खेलाडीले मात्र प्रदर्शनमा भाग लिएको बताएका थिए।

विश्वभरबाट नविदलाई माफी दिनुपर्ने आवज उठिरहँदा इरानले फाँसी दिएको हो।

यसबीचमा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले भनेका छन्,‘एक क्रुर सरकारको हातबाट नविदको मृत्यु भएको छ। हामी उनका परिवार र सबै इरानी जनताको साथमा छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .