ad ad

समाज


सिन्धुपाल्चोक पहिरोः मृतक नौ जनाको पहिचान, अझै २२ बेपत्ता (अपडेट)

सिन्धुपाल्चोक पहिरोः मृतक नौ जनाको पहिचान, अझै २२ बेपत्ता (अपडेट)

नेपालखबर
भदौ २८, २०७७ आइतबार ६:४५,

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको छ।

प्रहरीका अनुसार ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ट्याक्सी शेर्पा, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको शव भेटिएको हो।

अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ। सभामुख अग्नि सापकोटा पनि घटनास्थल पुगेका छन्।

बाह्रबीसे ७ घुम्थाङमा पहिरो गएको हो। पहिरोले बस्ती नै पुर्दा ठूलो मानवीय क्षति हुनपुगेको हो।

पहिरामा पुरिएर २२ जना बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन्। पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .