अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्रीद्वय सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान त्यहाँ पुगेको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्रागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ।
यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, जसमा दुईवटा सिट खाली छन्, अब त्यसमा विलियम्स र विल्मोर पनि फर्कनेछन्। अब यी अन्तरिक्ष यात्रीहरूले आगामी पाँच महिना अन्तरिक्ष अनुसन्धानमा बिताउनेछन्।
यसै वर्षको जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनका लागि अन्तरिक्षमा गएका दुई अन्तरिक्ष यात्री विलियम्स र विल्मोर त्यस यानमा प्राविधिक गडबडी आएपछि पृथ्वीमा फर्कन पाएनन्।
अब अहिले पुगेको अर्को यानबाट उनीहरू आगामी फेब्रुअरीमा पृथ्वी फर्कने बीबीसीले जनाएको छ।
Shares
प्रतिक्रिया