ad ad

समाज


कुटपिटबाट श्रीमती लिन ससुराली गएका ज्वाइँको मृत्यु, ससुरासहित ५ जना पक्राउ

कुटपिटबाट श्रीमती लिन ससुराली गएका ज्वाइँको मृत्यु, ससुरासहित ५ जना पक्राउ

नेपालखबर
भदौ २८, २०७७ आइतबार ७:३४,

नेपालगन्ज उपमहानगरपालिका १७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको ससुरालीमै कुटपिटबाट ज्यान गएको छ। श्रीमती लिन ससुराली गएका रैदास ससुराको कुटपिटबाट गम्भीर घाइते भएका थिए।

उनको उपचारमाक्रममा ज्यान गएको बाँके प्रहरीले जनाएको छ। ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएका उनको नर्सिंङहोम नेपालगन्जमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो।

हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका २० नटनपुरुवाका नरेश चमारलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .