सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७, भीरखर्क नाकुचेमा आज (आइतबार) बिहान पहिरो जाँदा ९ घर पुरिएका छन् भने २५ जना बेपत्ता भएका छन्।
नगरपालिकाका प्रमुख निमफुन्जे शेर्पाले भर्खरै नेपालखबरसँग भने, ‘पहिरोले ९ घर पुरिएको र २५ जना बेपत्ता भएको खबर आएको छ, हामी घटनास्थलतर्फ जाँदै छौं।’
घटनाको विस्तृत विवरण थाहा पाउन बाँकी रहेको मेयर शेर्पाले बताए।
याे पनि : सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण पहिरो, ठूलो मात्रामा जनधन क्षति भएको प्रारम्भिक जानकारी
प्रतिक्रिया