ad ad

खेल


लिभरपुल, आर्सनल, क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेडको विजय सुरुवात

लिभरपुल, आर्सनल, क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेडको विजय सुरुवात

नेपालखबर
भदौ २८, २०७७ आइतबार १:२४,

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, आर्सनल, क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेडले विजयी सुरुवात गरेका छन्।

गएराति भएको खेलमा फरवार्ड मोहमद सलाहको ह्याट्रिक मद्दतमा च्याम्पियन लिभरपुलले पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ ले पराजित गर्दै लिगको सुरुवात गरेको छ। दुई टोलीले खेलको पहिलो हाफमा नै ५ गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमा नै लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाइ अग्रता दिलाएका थिए। सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

गत वर्ष च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्याएको थियो। लिड्स १६ वर्षपछि प्रिमियर लिगमा पुनरागमन गर्न सफल भएको हो।

लिभरपुलले २० औं मिनेटमा पुनः अग्रता बनाएको थियो। एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकले गोल गरे। खेलको ३० औं मिनेटमा भान डाइककै गल्तीमा लिड्स खेलमा फर्कियो।

लिड्सले बराबरी गरेको तेस्रो मिनेटमा नै लिभरपुलले खेलमा पुनः अग्रता बनाएको थियो। पहिलो हाफमा १ गोलले पछि परेको लिड्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि पाएको अवसरलाई सदुपयोग गर्न भने सकेन।

६६ औं मिनेटमा म्याटुएज क्लिकले गोल गरे। खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथोपटक अग्रता बनायो। सलाहले ह्याट्रिक पूरा गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे।

यसअघि गएराति नै भएको खेलमा आर्सनलले नवप्रवेशी फुलहममाथि उसकै मैदानमा ३–० को जित निकाल्दै सानदार विजयी शुरुवात गरेको छ। आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, ग्याब्रिल र कप्तान पिएरे इमरिक औवामियाङले गोल गरे।

गएराति नै भएको अर्को खेलमा न्युक्यासलले वेष्टह्याम युनाइटेडलाइ २–०, क्रिष्टल प्यालेसलले साउथहेप्टनलाइ १–० ले पराजित गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .