ad ad

समाज


क्रेनको डोरी चुडिँदा सुरी हाइड्रोपावरका मजदुरको मृत्यु

क्रेनको डोरी चुडिँदा सुरी हाइड्रोपावरका मजदुरको मृत्यु

नेपालखबर
भदौ २७, २०७७ शनिबार ९:४४,

दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा शनिबार एक मजदुरको मृत्यु भएको छ।

जिल्लाको गौरीशंकर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका–६ काभ्रेपलाञ्चोकका ३१ वर्षीय महेश केसीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले भने, ‘हाइड्रो पावरको भवनभित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुँडिएर क्रेनको डब्बासहित तल ढलानमा खस्दा केसीको मुत्यु भएको हो।’ पैंतिस फिट माथिबाट क्रेनको डब्बासहित केसी तल ढलानमा पछारिएका थिए ।

टाउकामा तथा शरीरका विभिन्न भागमा चोट लागेका मजदूरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको र शवपरीक्षणका लागि सदरमुकाम चरिकोट ल्याउँदै गरेको जिप्रकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .