समाज


कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १०:५५,

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जना मृत्यु भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ५ जना संक्रमितको मृत्यु भएको बताए।

आज एक महिला र ४ पुरुष गरी पाँच जनाको कोरोना संक्रमणबाट मृतयु भएको हो।

मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला र महोत्तरीका ६५, धनुषाका ४५, काठमाडाँैका ७० र नवलपरासीका ५५ वर्षीय पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये मृत्यु हुनेको प्रतिशत ०.६२ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad