होल्डिङ सेन्टरमा रहेकाहरुलाई सवारी पास बिक्री गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रबार गोरखाको आरुघाट १० का विश्वप्रकास अधिकारीलाई पक्राउ गरेको हो।
अधिकारीले किर्ते सहि गरेर २ हजारमा सवारी पास बिक्री गर्ने गरेको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले बताए। विदेशबाट फर्किएकालाई होल्डिङ सेन्टरमा राख्ने र त्यहाँबाट आफ्नो घरगाउँसम्म जाने सवारी पास दिने गरिएको छ।
तर अधिकारीले पानस ब्याङक्वाइटमा बसेर सवारी पास बिक्री गरेको खुलेको हो। होल्डिङ सेन्टरमा उनीहरुलाई निशुल्क सिमकार्ड समेत दिने गरिएको छ। उनी नेपाल टेलिकमको सिम वितरण गर्नका लागि डिलरले खटाएका प्रतिनिधि समेत हुन्।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत्त महाराजगन्ज पठाइएको छ।

प्रतिक्रिया