ad ad

समाज


भारतीय गुप्तचरहरु भन्छन्ः सीमा नजिक क्षेप्यास्त्रसहित ५० हजार चिनियाँ सेना तैनाथ

भारतीय गुप्तचरहरु भन्छन्ः सीमा नजिक क्षेप्यास्त्रसहित ५० हजार चिनियाँ सेना तैनाथ

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १०:४,

भारत सरकारका उच्च तहका व्यक्तित्वहरुलाई यस विषयमा जानकारी गराइएको इकोनोमिक टाइम्सले जनाएको छ।

लामो दुरीसम्म मारहान्न सक्ने क्षेप्यास्त्र, १ सय ५० वटा युद्धक विमान पनि चीनले सीमा क्षेत्रमा तैनाथ गरेर राखेको भारतीय एजेन्सीहरुको भनाइ छ।

गुप्तचर एजेन्सीहरुका अनुसार तत्काल दुई देशका सेनाबीच युद्ध हुने खतरा नभएपनि भारतीय सेना आगामी दिनमा आउनसक्ने खतरा सामना गर्न तयारी अवस्थामा बसेका छन्।

चिनियाँ सेनाले हजारौं सेना बढाएर तैनाथ गरेको खबर आइरहँदा भारतले पनि सेनाहर बढाएर तैनाथ गरेको छ।

सीमामा चिनियाँ उत्तेजक कदमको भारतीय सेनाले गतिलो जवाफ फर्काउने भारतले दोहोर्याउँदै बताउने गरेको छ।

गत मे महिनाबाट चिनियाँ सेनाले सीमा क्षेत्रमा संरचनाहरु खडा गर्ने र हतियारहरु तैनाथ गर्ने कार्य थालेको बताइएको छ।

पछिल्लो समय भारत र चीनबीच लद्दाख नजिकैको क्षेत्र गलवान उपत्यका, पाङगोङ सो ताल लगायतका क्षेत्रमा विवाद बढेको छ।

गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच विवादित गलवान उपत्यकामा झडप नै भएको थियो। त्यसबेला २० भारतीय सेनाको मृत्यु भएको थियो।

हालै मात्र सीमा क्षेत्रमा दुवै देशका सेनाले गोली समेत चलाएका थिए। ४५ वर्षमा पहिलोपटक चीन र भारतबीचको सीमामा गोली चलेको बताइएको छ। दुवै देशले एकअर्कालाई पहिले गोली चलाएको भनेर आरोप लगाएका छन्।

सीमा विवाद सुल्झाउने विषयमा दुवै देशबीच छलफल पनि जारी छ। कमाण्डरस्तरमा गत जुन यता ५ पटकभन्दा बढी वार्ता भइसकेको छ। हालै रुसमा चीन र भारतका रक्षामन्त्रीबीच सीमा विवाद साम्य बनाउने सहमति पनि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .