ad ad

समाज


व्यवसाय खुले पनि सहज छैन राजधानी प्रवेश

व्यवसाय खुले पनि सहज छैन राजधानी प्रवेश

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ९:५५,

बिहीबारदेखि राजधानीको अवस्था सामान्य बन्दै गएपनि राजधानी प्रवेश गर्ने सीमा नाकामा भने कडाइ गरिएको छ। राजधानी प्रवेश गर्ने सबै नाकामा यसअघि जसरी नै कडाइ गरिएको ट्राफिक महाशाखा प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए।

उनले भने, ‘सबै नाकामा चेकजाँच कडाइका साथ गरिएको छ, पास नहुने कुनै पनि सवारी आउन पाएका छैनन्।’

अत्यावश्यक सेवाका र मालवाहक सवारी भने आवतजावत गरिरहेको ढकालले नेपालखबरलाई बताए।

अत्यावश्यक काम परेर राजधानी प्रवेश गर्नुपर्ने भए जिल्ला प्रशासनको पास आवश्यक पर्ने छ। यस्तै राजधानीभित्र चल्न अनुमति पाएका सवारी साधान पनि बाहिर जान पाउने छैनन्।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि राजधानीको अवस्था सहज बनाउने निर्णय गरेका छन्। बिहीबारदेखि तोकिएको दिन र तोकिएको समयमा पसलहरु सञ्चालन भएका छन्। सवारी साधान पनि जोर बिजोर नम्बरको आधारमा सञ्चाल भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .