एस्ट्राजेनिका, बायोएनटेक, मोडेर्ना, पिफिजर, नोभाभाक्स, सानोफी, ग्लाक्सोस्मिथक्लिन, जोन्सन एन्ड जोन्सन र मिरेक कम्पनीले नैतिक मापदण्ड पूर्ण रुपमा पालना गर्ने प्रतिज्ञामा हस्ताक्षर गरेका हुन्।
हाल समय अगावै कोरोनाविरुद्धको खोपलाई अनुमति दिने सरकारी निर्णयहरु भइरहेका छन्। रुसले हालै एक खोप तेस्रो परीक्षण बिना नै अनुमति दिएको छ।
यी कम्पनीहरुले भने नैतिक मापदण्ड पछ्याउँदै समय अगावै कुनैपनि खोपलाई अनुमति नदिने वाचा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको राष्ट्रपतीय निर्वाचन अगाडि नै यी कम्पनीहरुलाई खोपलाई अनुमति दिन दबाब दिन सक्छन्। ट्रम्पले हालै चुनाव अगाडि नै खोप उपलब्ध हुने अभिव्यक्तिहरु दिइरहेका छन्।
कुनैपनि किसिमका दबाबलाई यी कम्पनीले विरोध गर्नेछन्। एजेन्सी

प्रतिक्रिया