कोरोना भाइरसको संक्रमणबाट विश्वभरी मृत्यु हुनेको संख्या नौ लाख नाघेको छ।
बुधबार बिहान ८ बजेसम्म वर्ल्डओमिटले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर ज्यान गुमाउनेको संख्या नौ लाख एक हजार आठ सय २२ पुगको हो।
अहिलेसम्म संक्रमितको संख्या दुई करोड ७७ लाख ३३ हजार तीन सय ३० पुगेको छ। त्यसमध्ये एक करोड ९८ लाख २७ हजार भन्दा धेरै निको इसकेका छन्।
कोरोना संक्रमणको कारण अहिलेसम्म धेरै मृत्यु बेहोरेका पाँच देशमा क्रमशः अमेरिका, ब्राजिल, भारत, मेक्सिको र बेलायत छन्।
अमेरिकामा अहिलेसम्म एक लाख ९४ हजार ३२, ब्राजिलमा एक लाख २७ हजार पाँच सय १७, भारतमा ७३ हजार नौ सय २३, मेक्सिकोमा ६८ हजार चार सय ८४ र बेलायतमा ४१ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्।
संक्रमितको संख्या सबैभन्दा धेरै हुने पाँच मुलुकमा क्रमशः अमेरिका, भारत, ब्राजिल, रुस र पेरु छन्।
अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ६५ लाख १४ हजार दुई सय ३१, भारतमा ४३ लाख ६७ हजार चार सय ३६, ब्राजिलमा ४१ लाख ६५ हजार एक सय २४, रुसमा १० लाख ३५ हजार सात सय ८९ र पेरुमा ६ लाख ९६ हजार एक सय ९० पुगेको छ।

प्रतिक्रिया