समाज


कोरोना खोप निर्माणमा ठूलो धक्का, एक जना बिरामी परेपछि अक्सफोर्डले राेक्याे परीक्षण

कोरोना खोप निर्माणमा ठूलो धक्का, एक जना बिरामी परेपछि अक्सफोर्डले राेक्याे परीक्षण

नेपालखबर
भदौ २४, २०७७ बुधबार १:२८,

कोरोना भाइरसविरुद्ध खोप निर्माणमा ठूलो धक्का पुगेको छ। परीक्षण खाेप लगाएका एक जना बिरामी परेपछि खाेप निर्माता अक्सफोर्ड विश्वविद्यालय, जारी परीक्षण रोक्न बाध्य भएको हो।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेकाे खोप एस्ट्राजेनेका कम्पनीले ठूलाे मात्रामा उत्पादन गरिरहेकाे छ। अहिले याे खाेपकाे तेस्राे चरणकाे परीक्षण विश्वका दर्जन ठाउँमा चलिरहेकाे छ। 

तर परीक्षण खाेप लिएका एक जना बिरामी परेपछि तत्काललाई परीक्षण स्थगन गरिएकाे एस्ट्राजेनेकाले जनाएकाे छ। 

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेकाे खोप नै सबैभन्दा पहिले बजारमा आउने अपेक्षा छ।

अब एउटा स्वतन्त्र अनुसन्धान गरी खोपको सुरक्षा र प्रभावकारिताबारे समीक्षा गरिनेछ र त्यसपछि मात्र नियामक निकायले फेरि परीक्षण थाल्ने वा नथाल्ने निर्णय दिनेछ। 

अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले ठूलो मात्राको परीक्षण भइरहका बेला एक सहभागी बिरामी परेको घटनाले शंका उत्पन्न गराएको उल्लेख गर्दै यसको वास्तविकता पत्ता लगाउन स्वतन्त्र ढंगले पुनःपरीक्षणको आवश्यकता देखिएको बताएका छन्।

अक्सफोर्डले कोरोना खोपको परीक्षण स्थगन गरेको यो दोस्रोपटक हो। ठूलो मात्राको परीक्षणमा यस्तो हुनुलाई सामान्य मानिन्छ।

परीक्षण खोप लिँदा बिरामी परेका व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ तर उसको रोग पत्ता लागिसकेको छैन। यसैकारण तत्काललाई परीक्षण रोकिएको हो। केही दिनमा परीक्षण पुनः सुरु हुने विश्वास गरिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad