प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको हो।
कोरोना संक्रमण पुष्टि भएपनि डीआईजी कार्कीलाई कुनै लक्षण देखिएको छैन। कार्की हाल होम आइसोलेसनमै बसेका छन्। एक सातादेखि आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई सतर्कता अपनाउन समेत उनले आग्रह गरेका छन्।
यसअघि प्रदेश १ कै सामाजिक विकास मन्त्रीलाई पनि कोरोना संक्रमण देखिएको थियो।
नेपाल प्रहरीमा कोरोना संक्रमण देखिनेको संख्या २३ सय नाघिसकेको छ। डीआईजी नै चार जनामा संक्रमण देखिएकाे छ।
यसअघि गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै प्रहरी अस्पतालका दुई डीआईजीमा त्यसअघि नै संक्रमण देखिएको थियो।

प्रतिक्रिया