काठमाडौंको लप्सिफेदीको जंगलमा मध्यराति बाटो छेकेर कुटपिट तथा लुटपाटमासंलग्न तीन जना पक्राउ परेका छन्।
प्रहरी प्रभाग साँखुले घटनामा संलग्न शंखरापुर नगरपालिका १ चौकि भन्ज्याङका २४ वर्षीय अनिल लामा, बागबारसका २३ वर्षीय पेम्बा लामा र जर्सिङपौवाका २३ वर्षीय विरेन्द्र वाइवालाई पक्राउ गरेको हो।
उनीहरुले मंगलबार बिहान २ बजे सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेका ४५ वर्षीय ज्ञानेन्द्रप्रसाद खतिवडालाई कुटपिट गरी २५ हजार रुपैयाँ लुटेर भागेका थिए। आफूलाई लुटेको भन्दै प्रभागलाई खबर गरेका खतिवडाले उनीहरुलाई नचिनेको बताएका थिए।
पक्राउ परेका तीन जनालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्ध ल्याइएको छ। अभियुक्तहरु यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया