नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २८७ कोरोना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरबाट थप २ हजार २८७ कोरोना संक्रमित निको भएका हुन्।
यो निको हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो। आज थप ९०२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।
गौतमले कुल संक्रमितमध्ये ६८ प्रतिशत निको भएको बताए।

प्रतिक्रिया