ad ad

समाज


काठमाडौं महानगरमा मात्रै २७ जनाको मृत्यु, कुन ठाउँमा कति संक्रमित?

काठमाडौं महानगरमा मात्रै २७ जनाको मृत्यु, कुन ठाउँमा कति संक्रमित?

नेपालखबर
भदौ २२, २०७७ सोमबार १४:१३,

काठमाडौं महानगरपालिकामा शनिबार (भदौ २०) सम्म कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६३ पुगेको छ। महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखामा आइतबार र सोमबारको विवरण आउन बाँकी छ।

शनिबारसम्म महानगरमा २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। ९ सय ६० जना निको भएर घर फर्किसकेका छन् भने २ हजार ३ सय ६२ जना सक्रिय संक्रमित छन्।

महानगरमा अस्पताल तथा संस्थागत आइसोलेसनमा बस्ने भन्दा घरमै होम आइसोलेसन बस्नेको संख्या बढी छ। महानगरको तथ्यांकअनुसार १ हजार २ सय २२ जना होम आइसोलेसनमा छन् भने १ हजार १ सय ४० जना अस्पताल तथा संस्थागत आइसोलेसनमा उपचाररत छन्।

कुन ठाउँमा कति संक्रमित?
काठमाडौं महानगरको वडा नम्बर १६ स्थित बालाजु क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। यहाँ २ सय ६७ जनालाई संक्रमण पुष्टि भइसकेको छ। यस वडामा ९६ जना निको भएका छन् भने १ सय ९६ जना सक्रिय संक्रमित छन।

यस्तै महानगरको वडा नम्बर ३२, कोटेश्वरमा दोस्रो सबैभन्दा बढी संक्रमित भेटिएका छन्। यहाँ २ सय ४४ जनामा संक्रमण पुष्टि हुँदा १ सय ३८ जना सक्रिय संक्रमित छन्।

वडा नम्बर ३ मा पर्ने महाराजगञ्ज क्षेत्रमा २ सय २९ जनालाई कोरोना संक्रमण भइसकेको छ। यहाँ १ सय २२ जना सक्रिय संक्रमित छन।

वडा नम्बर २७ मा संक्रमितको संख्या १ सय ८६ पुगेको छ। यस क्षेत्रमा १ सय ४८ जना सक्रिय संक्रमित रहेको महानगरको तथ्यांकमा उल्लेख छ।

कलंकी, कुलेश्वर, बल्खु रहेको वडानम्बर १४ मा १ सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने सँगै जोडिएको वडा नम्बर १५ मा रहेको स्वयम्भु क्षेत्रमा ३ सय १५ जना संक्रमित छन्।

वडानम्बर १३ स्थित कालीमाटीमा १ सय ८५, वडानम्बर ४ धुम्बाराहीमा १ सय २०, बागबजार रहेको वडा नम्बर २८ मा १ सय ४७, बानेश्वरमा १ सय १२, लैनचौरमा १ सय १४, मित्रपार्कमा १ सय २३, डिल्लीबजारमा ९८, हाँडीगाउँमा ६७, शान्तिनगरमा ८४ र बौद्धमा ५४ जनामा संक्रमण पुष्टि भएको छ।

यसबाहेक स्थान प्रस्ट नखुलेका र विभिन्न अस्पतालमा गरी ४ सय १४ संक्रमित काठमाडौं महानगरमा भेटिएका छन्।

विस्तृतमा वडागत तथ्यांक हेर्नुहोस्ः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .