ad ad

कारोबार


कामना सेवा बैंकद्वारा ‘प्रोजेक्ट–आत्मनिर्भर’ शुरु

कामना सेवा बैंकद्वारा ‘प्रोजेक्ट–आत्मनिर्भर’ शुरु

नेपालखबर
भदौ २२, २०७७ सोमबार १४:१९,

कामना सेवा विकास बैंक लिमिटेडले नेपालको बै‌ंकिङ इतिहासमै पहिलो पटक ‘एमएसएमई इन्क्युबेसन सेन्टर’ को अवधारणा अन्तर्गत प्रोजेक्ट–आत्मनिर्भर को सुरुवात गरेको छ।

‘प्रोजेक्ट–आत्मनिर्भर’ के हो?
व्यावसायिक सोच राखी सुक्ष्म, लघु तथा मध्यम व्यवसायहरु ९एमएसएमइ० सञ्चालन गर्ने सोच राखेका उद्यमीहरु वा व्यवसाय शुरु गरी किम कर्तव्य विमूढ भएर बसेका व्यवसायीहरुको व्यवसायिकतालाई निखार्दै व्यवसायमा आवश्यक दक्षता अभिवृद्धि गरी व्यवसायीलाई सफल तथा आत्मनिर्भर बनाउने योजना नै ‘प्रोजेक्ट–आत्मनिर्भर’ हो।

कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट हाल उत्पन्न विषम परिस्थितिको कारण देशको समग्र अर्थव्यवस्थामा नै नकारात्मक प्रभाव पारेको सर्वविदीतै छ। यसैको प्रभाव स्वरुप लाखौं युवाहरुले स्वदेश तथा वैदेशिक रोजगारी गुमाउनु परेको छ। अर्को तर्फ देश कृषि प्रधान भइकन पनि अर्बौंका कृषि उपज तथा अन्य सेवा वस्तु आयात गरिरहेको तितो सत्य आत्मसात गर्नु परिरहेको छ।

यस विषम अवस्थामा यस बैंकले ‘प्रोजेक्ट–आत्मनिर्भर’ द्वारा स्वरोजगारलाई प्रोत्सहान गर्न तथा आवश्यक सिप/कला/जानकारी उपलब्ध गराइ लक्षित वर्गलाई व्यवसायद्वारा आत्मनिर्भर बन्न सघाउने छ। जसको फलस्वरुप देशको आयात समेतलाई क्रमिक रुपमा घटाउने गरी आत्मनिर्भर नेपालको परिकल्पना उजागर गरी राष्ट्र निमार्णमा महत्वपूर्ण भूमिका खेल्नेछ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको वित्तीय साक्षरता अभिवृद्घि गर्न ‘प्रोजेक्ट–आत्मनिर्भर’ ले उद्यमीहरुलाई व्यवसायमा उत्प्रेरित गरी आत्मनिर्भर बनाउन देशभर छरिएर रहेका आफ्ना १२४ वटा शाखाहरु एवं क्षेत्रीय कार्यालय मार्फत इच्छुक ग्राहकहरुलाई विद्युतीय माध्यमहरुबाट परियोजना छनौट, सीप विकास एवं आवश्यक तालिम संचालन गरी सफल व्यवसायी बनाउने लक्ष्य छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .