ad ad

समाज


प्रहरीमाथि हातपात गर्नेलाई ‘अभद्र व्यवहार’मा मुद्दा

प्रहरीमाथि हातपात गर्नेलाई ‘अभद्र व्यवहार’मा मुद्दा

नेपालखबर
भदौ २२, २०७७ सोमबार ११:२२,

प्रहरीले काममा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरेका आरोपमा एक युवकलाई पक्राउ गरी मुद्दा चलाएको छ।

वालिङ नगरपालिका –८ स्थित वालिङ मोडमा खटिएका प्रहरी हवल्दारमाथि हातपात गरेका आरोपमा वालिङ नगरपालिका ६ घर भई वालिङ –८ मा बस्दै आएका २७ वर्षीय प्रतीक गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अभियुक्तमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसूरअन्तर्गत अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयबाट आइतबार १५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार राति प्रहरी हवल्दारले राति हिँडडुल नगर्न आग्रह गर्दा मदिरा सेवन गरेका गुरुङले कुटपिट गर्नुका साथै प्रहरीको बर्दीसमेत च्यातिदिएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .