नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ९८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौँमा २९३ जना संक्रमित भएका छन् भने सबैभन्दा कम उदयपुर, सोलुखुम्बु, भोजपुर, सिन्धुली, पर्वत, प्यूठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुरामा १÷१ जनामा संक्रमण देखिएको छ।
हेरौँ तालिका
प्रतिक्रिया